सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युड भूकम्प
काठमाडौं, १४ असार । सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
भूकम्प गएराति साढे १ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।
२०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरुले गरेका छन् ।
२०७८ असार १ गते सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार गेग्रानसहितको बाढी र पहिरोबाट तहसनहस भएकाे थियाे ।