टेलिकमको प्रमोसनल अफरमा तीन महिनाको अवधि थप


काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई उपलब्ध गराउँदै आएका प्रमोसनल अफरहरुको समायावधी तीन महिना थप गरेको छ यो अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।
टेलिकमले उपलब्ध गराएका प्याकेज अन्तर्गत जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी २५
रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ ।
यसमा ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, २०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराइएको छ ।
यस्तै जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा नाइट डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपैयाँमा ३ जीबी डाटा र ३०० रुपैयाँमा ६.५ जीबी डाटा ३० दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।
कम्पनीले जिएसएम प्रिपेडरपोष्टपेड मोबाइलमा पहिले देखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ । यस अनुसार ५० रुपैयाँमा २०० एमबी डाटा ७ दिनका लागि र एकसय रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी दुईसय रुपैयाँमा १२०० एमबी, तीनसय रुपैयाँमा २००० एमबी र पाँचसय रुपैयाँमा ३६०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुने बताइएको छ । यी फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानहरुमा फोरजी मोबाइल सेट भएका ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको कम्पनिले जनाएको छ ।
तथापि भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजीरथ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । टुजीरथ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पुरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
कम्पनिका अन्य अफरमा नाइट भ्वाइस प्याक, सियुजी प्याकेज
फेसबुकरइन्स्टाग्राम डाटा प्याक, वाउटाइम प्रमोसनल सब्स्क्रिप्सन प्याक, स्ट्रिमिङ प्याक (युट्युबरटिभीरभिडियो), भ्वाइस प्याक, एडिएसएलरएफटिटिएच डाटा प्याक लगायतका छन् ।