करिब ६ केजी कोकिनसहित विदेशी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, २४ साउन । करिव ६ किलो लागुऔषध कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन्।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले करिब ६ केजी कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार मध्यराति १ बजे पक्राउ गरेकाे हाे ।

पक्राउ परेका विदेशी लाटभियन नागरिक रहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीले घटनाको विस्तृत विवरण केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।