सुनचाँदीको मूल्यमा उच्च वृद्धि: सुन तीन लाख नाघ्यो, चाँदी पनि महङ्गियाे

काठमाडौँ, २४ साउन । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु चार हजार ८०० र चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेको हो।

महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख एक हजार ७०० निर्धारण गरिएको छ। गत शुक्रबार बजारमा सुन प्रतितोला रु दुई लाख ९६ हजार ९०० मा कारोबार भएको थियो। नेपाली बजारमा पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा लगातार वृद्धि भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ६५ ले बढेर रु चार हजार ६४५ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला रु चार हजार ५८० मा खरिदबिक्री भएको महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *