मन्त्रिपरिषदमा वरीयता हेरफेर

काठमाडाैं, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गर्नुभएकाे छ ।

वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा हुनुुभएकाे छ भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा हुनुभएकाे छ । १६ औं स्थानमा रहनुभएका मन्त्री पाण्डे १४ नम्बरमा पुर्‍याइएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गर्नुभएकाे हाे ।