बाढीपहिराेले हालसम्म देशभर दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ, १९ असोज । अघिल्लो साता आएको बाढीपहिराेमा परी देशभर हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ ।

उक्त बाढीपहिराेमा परेर १८ जना बेपत्ता भएका छन् भने एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको मन्त्रालयले जनाएकाे छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।