नेपाल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड प्रदान
काठमाडाैं, २० असाेज । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ उपलब्ध गराएको छ।
बैंकले आइतबार दुई करोड रूपैयाँकाे चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको छ।