बागलुङको छिस्तीमा ‘पिकअप भ्यान’ दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
काठमाडाैं ,२६ कात्तिक । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जाँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी-७ मा आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।
ग २ च ९२४७ ‘पिकपअभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।
घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।