यूएईमा हुने यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं, ९ मङ्सिर । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी शुक्रबारदेखि यूएईमा हुने यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।

क्यानले आज (आइतबार) हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । एसियन क्रिकेट परिषद् (एसीसी)को आयोजनामा उक्त प्रतियोगिता हुन लागेकाे हाे ।

केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली तयार गरिएको क्यानले जनाएकाे छ । उक्त सिरिज नेपाली टोलीले ३–२ ले जितेको थियो ।

टोलीमा हेमन्तसँगै अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापा मगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।

क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।