रवि लामिछानेको बयान आज पनि

काठमाडौं, १६ मङ्सिर । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि लिइँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा भइरहेकाे बयान आज पनि जारी हुनेछ ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।