चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप
काठमाडौं, १९ मङ्सिर । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएपछि तनावग्रस्त भएको छ ।
बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच मुठभेड भएकाे हाे ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो ।