रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पुर्जी जारी

काठमाडाैं। १९ मङ्सिर । सहकारीकाे बचत रकम अपचलन गरेकाे अभियाेगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित १४ जनाविरूद्ध पुर्जीविरूद्ध जारी गरेको हो।

वीरगन्जको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको प्रहरी अनुसन्धानबाट देखिएको छ। त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। लामिछानेसँगै जिबी राई र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पनि पुर्जी जारी भएको छ।

अहिले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बयानका लागि राखिएकाे छ ।