रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

कास्की, २३ मङ्सिर । सहकारीको रकम हिनामिना गरेकाे अभियाेगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।