समाजसेवी राजेश हिमालयले पाए दुबई स्थित हिल्टनमा अन्तर्राष्ट्रिय समाजसेवी सम्मान

काठमाडाैं, १८ माघ । शैलि मिडिया नेटवर्कले समाजसेवी राजेश हिमालयलाई अन्तर्राष्ट्रिय समाजसेवी सम्मानद्वारा सम्मान गरेकाे छ ।

दुबई स्थित हिल्टन अफ सिपको भब्य क्यानोपि हलमा आयोजित एक विशेष समारोहमा हिमालयलाई अन्तर्राष्ट्रिय समाजसेवी सम्मान प्रदान गरेको हो ।

दुबईका अफिसर वालिद अल हसन ,नेपाली समाज दुबईका अध्यक्ष रामबहादुर मोक्तान तथा एनआरएनए दुबईका अध्यक्ष बिकास शाहीले सयुक्त रुपमा हिमालयलाई सम्मान गरेका हुन् ।

रत्न छत्र हिमालय फाउन्डेसनका संस्थापक अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं फेलोसिपका पुर्व अध्यक्षसमेत रहेका हिमालयले लायन्स क्लब अफ काठमाडौं फेलोसिप ३२५संग जाेडिएर नेपालका विकट बस्तीमा विभिन्न प्रकाेपका बेला खाध्यान्न, लत्ताकपडालगाएतका अत्यावश्यक सामग्रीहरू सहयाेग गरेका थिए ।

हिमालयकाे कार्यकालमा लायन्स क्लब अफ काठमाडौं फेलोसिप ३२५ले देशैभरी विभिन्न कार्यक्रम गरेका थिए भने जाजरकोटको भुकम्प तथा बाढीपिडितलाई लायन्स क्लबले गरेकाे सहयाेगकाे अन्तर्राष्ट्रिय जगतमा प्रशंसा भएकाले शैलि मिडिया नेटवर्कले हिमालयलाई दुवईमा लगेर अन्तर्राष्ट्रिय समाजसेवी सम्मानद्वारा सम्मान गरेकाे हाे ।

हिमालयले हाल आफ्नै स्व: बुबा रत्नदाश हिमालय र आमा स्व: छत्रदेवी हिमालयकाे नामबाट समाजसेवा गर्नका लागि रत्न छत्र हिमालय फाउन्डेसन दर्ता गरी समाजसेवा गर्दै आइरहेका छन् । हिमालयले शिक्षाक्षेत्रमा पनि गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल ब्याग, स्टेसनरी, ड्रेसलगाएतका सामग्रीहरू दर्जनाै विद्यालयमा सहयाेग गर्दै आइरहेका छन् ।

शैलि मिडिया नेटवर्कले समाजसेवी हिमालयलगाएत समाजसेवी लायन्स सुशिला श्रेष्ठ, समाजसेवी मनबहादुर अधिकारी, समाजसेवी अशोक बाेम्जन तामाङ , समाजसेवी चण्डीका श्रेष्ठ, समाजसेवी पण्डित लाेकनाथ पाैडेललाई सम्मान गरेकाे थियाे ।