सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

सङ्खुवासभा, १२ फागुन । सुक्खा पहिरो गएसंगै कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेर सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको हाे ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको छ ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।