बाजुराको गौमुलमा भिरबाट लडेर एक जनाको ज्यान गयो
बाजुरा, फागुन २१ । बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका–६, टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको भिरबाट लडेर मृत्यु भएको हो।
आज बिहान गाउँ नजिकैको जंगलमा बाख्रा चराउन गएका रोकायाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले जानकारी दिए। उनी करिब एक सय मिटर तल खोचमा खसेका थिए। मृतक रोकायाका एक छोरा छन्।