बसन्तपुरमा चीर ठड्याएसँगै फागु पूर्णिमा सुरु, देशभर उल्लास

काठमाडौं, २३ फागुन । यस वर्षको होली पर्व (फागु पूर्णिमा) औपचारिक रुपमा सुरु भएको छ।

काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आज बिहान रंगीविरंगी ध्वजासहितको तीन खण्डे चीर ठड्याइएसंगै फागु पूर्णिमा सुरूभएकाे हाे ।

चीर ठड्याएसँगै काठमाडौं उपत्यका लगायत देशभर होली पर्वको रौनक छाएको छ। यो परम्परा अनुसार, आज ठड्याइएको चीरलाई फागु पूर्णिमाको राती टुँडिखेलमा लगेर दाहसंस्कार गरिन्छ, जससँगै होली पर्व समापन हुन्छ।

फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्वमा मानिसहरुले एकआपसमा रङ र अबिर लगाएर खुसी साटासाट गर्छन्।

यस वर्ष पहाडी भेगमा फागुन २९ गते र तराई-मधेशमा चैत १ गते होली मनाइनेछ।