पूर्व अध्यक्ष थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर

काठमाडौँ, २७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले मङगलबार आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

थापाले जारी गरेको प्रेस विज्ञप्तिमा महासचिव राइले एक अन्तर्वार्तामा एन्फाको अध्यक्षमा छँदा १७ करोड रुपियाँ हिनामिना गरेको र पछि सम्पति शुद्धिकरण छानविनपछि आठ करोड रुपियाँ एन्फाको खातामा जम्मा गरेको भनी आधारहिन आरोप लगाएरचरित्र हत्या गर्ने प्रयास गरेको उल्लेख छ ।
सोही सम्बन्धमा थापाले गत साता एन्फा महासचिव राई विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा उजुरी दिएका थिए ।