बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ
नेपालगन्ज, ४ चैत । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट १५ वर्ष दुई महिना १८ दिन कैद र रु चार लाख ३५ हजार ५५ जरिवाना असुलउपर गरिएको प्रनाउ पातलीले उल्लेख गर्नुभयो ।
जिल्लामा प्रहरीले फागुनमा दर्ता भएका एक सय ३१ वटा मुद्दातर्फ एक सय दुई जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो अवधिमा ६५ वटा पेन्डिङ रहेका मुद्दा फछ्र्योट भएका छन् ।
प्रहरीले फागुनमा सीमानाकाबाट ८१ महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उद्धार गरेको छभने अलपत्र अवस्थामा परेका १५ जनालाई फेला पारी संरक्षणका लागि संस्थामा पठाएको छ ।