स्पेन, फ्रान्स, जर्मनी र पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा
पेरिस, चैत ११ गते । गत विजेता स्पेन, फ्रान्स, जर्मनी र पोर्चुगल आआप्mनो खेल जितेर नेसन्स लिगको सेमिफाइनलमा पुगेका छन् । स्पेन र फ्रान्सले पेनाल्टी सुटआउटमा विजयी बने ।
्स्पेन र नेदरल्यान्ड्सविरुद्धको दोस्रो लेग ३–३ ले बराबरी भएपछि टाइब्रेकरको सहारा लिनु परेको हो । स्पेनका गोलरक्षक उनाइ सिमोनले डोनियल मालेनको पेनाल्टी रोकेपछि बार्सिलोनाका मिडफिल्डर पेड्रीले निर्णायक पेनाल्टीमा गोल गरी स्पेनलाई जित दिलाए । यी दुई टिमले पहिलो लेग २–२ मा खेलेका थिए । स्पेनका लागि मकेल आरजाबेलले दुई तथा लामिने यमालले एक गोल तथा नेदरल्यान्ड्सका लागि मेम्पिस डिपेले इयान माट्सेन र यामी सिमोन्सले गोल गरे ।
फ्रान्सले क्रोसियालाई २–० ले हरायो । निर्धारीत समयमा माइकल ओलिसे र ओउसमान डेम्बेलेले गोल गरे । फ्रान्सले पहिलो लेगमा २–० ले हार वेहोरेकोले क्रोसियासँग पेनाल्टी सुटआउटबाट अगाडि बढ्ने अवसर थियो । तर फ्रान्सका गोलरक्षक माइक माइगननले जोसिप स्टानिसिचको पेनाल्टी रोकेपछि डायोट उपामेकानोले निर्णायक पेनाल्टीमा सफल प्रहार गरे ।
जर्मनीले इटालीसँगको दोस्रो लेग ३–३ ले बराबरीमा खेल्यो । तर पहिलो लेग २–१ ले जितेकोले जर्मनी समग्रमा ५–४ गोल अन्तरले सेमिफाइनलमा पुग्न सफल भयो । सो खेलमा लागि जोसुआ किमिच, जमाल मुसियला र टिम क्लाइन्डियन्स तथा इटालीक ालाग मोइज किन (दुई गोल) र जियाकोमो रास्पोडोरीले गोल गरे ।
पोर्चुगलले अतिरिक्त समयमा डेनमार्कलाई ५–२ ले हरायो । पोर्चुगलले पहिलो लेग १–० ले हारेको थियो । पोर्चुगलका लागि स्थानापन्न खेलाडी फ्रान्सिस्को ट्रिन्काओले अन्तिम समयमा दुई गोल गरे । यसअघि, खेलको सुरुआतमै क्रिस्टियानो रोनाल्डो पेनाल्टी गोल गर्न असफल भएका थिए । तर रोनाल्डोले सो गल्तीको भरपाई गर्दै उत्तरार्धमा गोल गरे । अन्तर्राष्ट्रिय फुटबलमा सबभन्दा बढी गोल गर्ने रोनाल्डोको गोलसङ्ख्या १३६ पुगेको छ । एपी