बालेनकाे धम्की विरूद्ध राष्ट्रिय युवा संघले गर्याे अनुसन्धानको माग

काठमाडाैं, १२ चैत्र । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मेयर बालेन्द्र साहले मदिरा सेवन गरेर स्तरहीन र आपत्तिजनक स्टाटस लेखेको भन्दै अनुसन्धानको माग गरेका छन्।

काठमाडौं महानगर कमिटीले एक विज्ञप्ति जारी गर्दै बालेनले ‘कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु’ जस्ता स्तरहीन अभिब्यक्ती दिएकाे भन्दै कानूनी कठघरामा उभ्याउन सरकारसंग माग गरेका हुन् ।

युवा संघका अध्यक्ष दिपेश सुधाकरद्वारा जारी विज्ञप्तिमा बालेनले लेखेको स्टाटस ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

“आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौँ,” विज्ञप्तिमा उल्लेख छ।