सुनको मूल्य करिब चार हजारले घट्यो, कति पुग्याे ताेलाकाे ?
काठमाडौँ, २२ चैत । सुनकाे मूल्य शुक्रबार करिब चार हजारले घटेकाे छ ।
बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू तीन हजार नौ सय घटेको हो ।
आज प्रतितोला रू एक लाख ७६ हजार चार सयमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ७० मा किनबेच भएकाे छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।