एएफके सिनियर कराँते च्याम्पियन्सीपका लािग नेपाली खेलाडी चयन

काठमाडौँ, १५ वैशाख । २१ औँ एएफके सिनियर कराँते च्याम्पियन्सीपका लािग नेपाली खेलाडी चयन भएका छन् । सो प्रतियोगितामा उज्बेकिस्तानको तासकन्दमा हुँदैछ ।

नेपाल कराँते महासंघले आयोजना गरेको छनोट प्रतियोगताबाट पुरुष कुमितेमा सोजन मोक्तान — ५५ के.जी., मिन बहादुर तामाङ — ६० के.जी.,सन्तोष श्रेष्ठ — ६७ के.जी., शिबु ओड — ७५ के.जी., मोहम्मद सेखु आलम — ८४ के.जी. र तेन्जिङ शेर्पा — +८४ के.जी. चयन भएका छन् । कातातर्फ सोनिम मानन्धर उज्बेकस्तानमा खेल्न योग्य भए ।

महिलातर्फअञ्जली महर्जन — ५० के.जी., बिना श्रेष्ठ — ५५ के.जी, नरुपा दोङ तामाङ — ६२ के.जी., र एरिका गुरुङ — +६८ के.जी. छनोट भए । कतामा सानु माया थिङले खेल्नेछिन् ।