अर्थमन्त्री पौडेल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
काठमाडौँ, १९ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा आज बिहान भएको उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।