नेपाली चलचित्र स्तरीय बन्दै गएको मनिषाको प्रतिक्रिया

काठमाडौँ, वैशाख २४ गते । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र उद्योगले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको बताएकी छन्। ‘जार’ चलचित्रको प्रिमियर शोपछि प्रतिक्रिया दिँदै उनले चलचित्रको निर्माण, छायांकन, पाश्र्व संगीत र रंग संयोजनको प्रशंसा गरेकी हुन् ।

कोइरालाले भनिन्, “नेपाली चलचित्रले अब विश्वस्तरीय चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने देखाउँदैछन्। ‘जार’ ले नेपालको एउटा कालखण्डको दस्तावेजीकरण गर्नुका साथै साहित्य र सिनेमाको सुन्दर सम्मिश्रण प्रस्तुत गरेको छ। कलाकारहरूको अभिनय पनि प्रशंसनीय छ।”

उनले साहित्यकार इन्द्रबहादुर राईको कथामा चलचित्रले न्याय गरेको पनि बताइन्। निर्देशक फुर्वाछिरिङ लामाले चार वर्ष लगाएर निर्माण गरेको यस चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा छन्।

अनुपविक्रम शाहीले आफूले यो चलचित्रमा अहिलेसम्मकै धेरै मेहनत गरेको र पाठकले कल्पना गरेजस्तै पात्रलाई प्रस्तुत गर्न खोजेको बताए। ‘जार’ चलचित्र २६ वैशाखदेखि देशभर प्रदर्शनमा आउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *