अभ्यास खेलमा नेपालको जित

काठमाडौँ, ३ जेठ । आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत खेलिएको अभ्यास खेलमा नेपालले घरेलु टिम कार्डिफको न्यू पोर्ट क्लबलाई तीन विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेको कार्डिफ २१२ रनमा अलआउट भएको थियो । नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य हािसल गर्यो । नेपालले जवाफमा १८ रनमै पाँच विकेट गुमइसकेको थियो । यसैगरी ५६ रनमा छैटौँ विकेट पनि निस्कियो । तर आरिफ शेख र गुलशन झाले सातौँ विकेटका लाग १३४ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जित दिलाए । गुलसन ८० रनमा आउट हुनुभयो । आरिफ ७३ रनमा अविजित रहे ।

यसअघि कार्डिफका लागि प्रारमिभक ब्याट्सम्यान विल ट्रिपकोलीले ११८ रनको शतकीय पालि खेलेका थए । सो पालिमा कुशल भुर्तेलले तीन, दिपेन्द्रसिंह ऐरीले दुई तथा रिजन ढकाल, ललित राजवंशी, सोमपाल कामी एक–एक विकेट लिए ।
नेपालले बेलायतमा थप ३ टोलीसँग अभ्यास खेल खेल्नेछ ।