सिन्धुलीमा जन्ती बोकेको पिकअप भ्यान दुर्घटना, ५ जना घाइते

सिन्धुली, २४ वैशाख । सिन्धुलीको दुधौली नगरपालिकामा जन्ती बोकेको पिकअप भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

उदयपुरको गाईघाटतर्फ जाँदै गरेको म. प्र. ०३–००१ च ८२०२ नम्बरको पिकअप भ्यान मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–१ स्थित राँगेमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते हुनेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ निवासी ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ४० वर्षीय सोमबार नेपाली र ६० वर्षीय साने विक रहेका छन्। त्यसैगरी, सिन्धुलीकै तीनपाटन गाउँपालिका–१० का २१ वर्षीय श्याम दुराल पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनापछि भ्यानका चालक २९ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *