सुनसरीकाे तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी, आगो निभाउने प्रयास जारी
सुनसरी, १४ जेठ । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान गरिएकाे छ ।
आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएपनि आगाे निभाउन नसकिएकाे स्थानीयले बताएका छन् ।