खर्च निकासा नहुँदा उसु खेलाडी तनावमा
काठमाडौँ, २१ जेठ । नेपालका उसू खेलाडीहरुले गत अक्टोबरमा जापानमा भएको तेस्रो थाउलो उसु विश्वकपमा सहभागी हुँदा लागेको खर्च निकासाको माग गरेका छन् ।
नेपालका पाँच खेलाडी दिपक हमाल, विजय सिंजाली, पासाङ शेर्पा, राजिव तामाङ र निमाघर्ती मगरलगायत दुई अफिसियलले जापानको योकोहामामा प्रतिस्पर्धा गरेका थिए । गत वर्षको अप्रिलमा चिनको चियाङयिनम भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रण प्रतिोगितामा नेपालको तर्फबाट सहभागी १४ मध्ये पाँच खेलाडी जापानमा भएको थाउलो उसु विश्वकपमा खेल्न चयन भएका हुन् ।
सहभगी खेलाडीमध्ये एक दीपकले सो प्रतियोगितामा खेल्दाको रकम तिर्न नसक्दा उसु खेलाडीहरुको खेल जीवन धरापमा परेको बताए । उनले भने– प्रतियोगितामा जानुअघि उसु महासंघले प्लेन खर्च व्यवस्था गरिदिने र अन्य खर्च व्यक्तिगत वेहोर्नुपर्ने भनेको थियो । सोही अनुरुप खेलाडीहरुले ऋण लिएर जापानमा खेले । विजयले काश्य पदक पनि जिते । जापानमा खेल्दा शुल्क लिइएन । हामी खुशी भयौँ । तर नेपाल फर्केको एक महिनापछि जापानको उसु महासंघले नेपालको उसु महासंघलाई त्यहाँ बस्दाको खाना, बसोबासको करीब सात हजार डलरको बिल पठाएको छ । जापानमा बस्दा रकम नमाग्दा ऋण फर्काइसकेका छौँ । त्यसैले हामी तनावमा छौँ ।
दिपकका अनुसार उसु महासंघले तिर्न सक्दैन भनेपछि खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद्( राखेपमा गएर ज्ञापन पत्र बुझाएका थिए । राखेपले यसमा सकारात्मक बनेपनि युवा तथा खेलकुद नमान्दा खेलाडीहरु मर्कामा परेको भनाई दीपकको छ ।
दिपकले पत्रकार सम्मेलनमा पेश गरेको प्रेस विज्ञप्तिमा पासाङ, राजीव र निमाको पनि हस्ताक्षरसहितको सहमति रहेको छ ।