प्रधानमन्त्रीद्वारा नेपाल र स्पेनबीच आर्थिक सम्बन्ध विस्तारमा जोड

म्याड्रिड, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र स्पेनबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्पेनको म्याड्रिडमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले स्पेनका लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको बताउनुभयो ।

स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको सम्मेलन सकेर रेलमार्गबाट म्याड्रिड आइपुग्नुभएको हो ।

कार्यक्रमले दुई देशका व्यवसायीहरूबीच सञ्जाल निर्माण र लगानीका अवसरबारे छलफल गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।