राज्य व्यवस्था समितिकाे सभापतिबाट दिए रामहरि खतिवडाले राजीनामा
काठमाडौं, २७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिबाट सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरेका हुन्।
राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।