सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ, ६ भदाै । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ।

बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भएको छ। बिहीबार २ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ३,३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।