पाँच खेलको शृङ्खलामा नेपाल ए टिम २–१ ले अगाडी
काठमाडौँ, १५ भदौ । नेपाल ‘ए’ ले शनिबार राति तेस्रो अभ्यास ट्वान्टी–२० खेलमा आसाम प्रदेश क्रिकेट संघलाई नौ रनले हराएको छ । रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
गुवाहटीस्थित वर्षापारा क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० अमोभरमा छ विकेटको क्षतिमा १९६ रनको स्कार तयार पारेको थियो । आसाम जवाफमा १८७ रनमा अलआउट भयो । यस नतिजासँगै पाँच खेलको शृङ्खलामा भ्रमणकारी नेपाली टिम २–१ ले अगाडि भएको छ । पहिलो खेल १५ रनले गुमाएपछि नेपालले दोस्रो खेल ९६ रनले जितेको थियो ।
नेपालका लागि सन्दीप जोराले ४८ बलमा छ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाए । आदिल आलम अन्सारीले तेज गगितमा ३५ रनको योगदान दिए । यसैगरी तृतराज दासले ३३ र कप्तान अनिलकुमार साहले ३१ रनको पालि खेले । आसामका लागि आकाश सेनगुप्ताले दुई तथा मरिनमोय दत्त, अभिनव चौधरी र शिवशंकर रोयले एक–एक विकेट लिए ।
आसामका लागि निहार डेकाले ४०, कप्तान सुमित घाडीगाँउकरले ३६, अब्दुल अजिज कुरेशीले अविजित ३१, साहिल जैनले २४ र शिवशंकर रोय ११ रन बनाए । सो पालिमा विवेकमुमार यादव, बसिर अहमद, आकाश चन्द र कमलसिंह ऐरीले दुई–दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए ।
चौथो खेल आइतबार हुनेछ ।