आसामसँग चौथो खेलमा नेपाल ए पराजित
काठमाडौँ, १५ भदौ । आसाम प्रदेश क्रिकेट संघले आइतबार नेपाल ‘ए’ लाई चौथो टि२० मा १८ रनले हराएको छ ।
यस नतिजासँगै पाँच खेलको टि२० शृङखलाको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । यसअघि, नेपाल एले दुई तथा आसामले एक खेल जितेका थिए । गुवाहटीस्थित वर्षापारा क्रिकेट मैदानमा पहिले ब्याटिङ गरको आसामले निर्धारीत २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रन बनाएको थियो । नेपालले जवाफमा नौ विकेटको क्षतिमा १५६ रन मात्र बनाउनसक्यो । नेपालका लागि कप्तान अनल शाहले सर्वाधिक ६७ र इशान पाण्डले २७ रन बनाए । आसामका लागि अभिनव चौधरी र अब्दुल कुरेशीले तीन–तीन विकेट लिए ।
यसअघि आसामका लाग कनतान सुमितले अविजित ७० रनको पालि खेलेका थिए । नेपालका लागि आकाश चन्दले दुई तथा बसिर अहमदले एक विकेट लिए ।