एमाले विधान महाधिवेशन : यस्ताे देखियाे उद्घाटन समारोह (तस्बिरहरू)
काठमाडौं, २० भदाै । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू भएको छ ।
महाधिवेशनकाे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत उद्घाटन गर्नुभएकाे हाे ।
विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी दुई हजार ३ सयभन्दा धेरै सहभागी रहेको एमालेले जनाएको छ ।
तस्बिरहरू विनाेद श्रेष्ठ मैत्री न्यूज