महाराजगञ्ज प्रहरी वृत्तका मृत्यु भएका असईसहित ३ जना प्रहरीको परिचय खुल्यो
काठमाडौं, २५ भदाै । जेनजीले गरेकाे आन्दाेलनमा प्रदर्शनकारीको आक्रमणमा परी महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ ।
मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा ३ जनाको मृत्यु भएको थियो ।
प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापा छन् ।
जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी सुरु गरेपछि निसास्सिएर उनीहरूको मृत्यु भएको बताइएको छ ।