पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्की, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं, २९ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहरण गर्दैछिन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेकाे छ ।

जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।

आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।

उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी छ ।