७३० राउण्ड गोली सहित बनेपाबाट आठ जना पक्राउ

काठमाडौँ, २९ भदौ । काभ्रेपालाञ्चाेककाे बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्कालाई शनिबा काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।