झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको अवस्था अझै संवेदनशील, उपचारका क्रममा गुमाइन् देव्रे हात

काठमाडौं, २ असाेज । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अझै संवेदनशील रहेको जनाएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी जलेकी थिइन् । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगिएको थियो । उनको बुधबार अपरेसन गर्दा देब्रे हात काटिएको हो ।

उपचारका क्रममा उनको देब्रे हातको कुहिनो भन्दा मुनीको भाग काट्नु परेको पारिवारिक स्रोतले जनाएकाे छ ।

चित्रकारले खाना खाने र राम्रोसँग गर्नुभएकाे र फोक्सोको संक्रमण घटेका कारण डाक्टरले खतरामुक्त भनेकाे पारिवारिक स्रोतले जनाएकाे छ ।