नेपाल पहिले ब्याटिङ गर्दै, तीन खेलाडी परिवर्तन
काठमाडौँ, १४ असोज । युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको टि२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङ गर्दैछ । पछिल्ला दुई खेल नेपालले पहिले ब्याटिङ गरी नै जितेर शृङ्खला कब्जा गरी इतिहास बनाइसकेको छ । पहिलो खेलमा नेपाल १९ र दोस्रोमा ९० रनले विजयी भएको थियो ।
शारजाहा क्रिकेट रङगशालामा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ नै रोजेपछि नेपालले लगातार तेस्रो खेलमा पहिला ब्याटिङ गर्न लागेको हो।
नेपालले अन्तिम खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । अलराउन्डर आरिफ शेख, लोकेश बम र सहाब आलामले टिममा अवसर पाएका छन् । सन्दीप लामिछाने तीन खेलमा प्लेइङ एघारमा परेनन् । तेस्रो खेलमा आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीलाई विश्राम दिइएको छ ।