रोल्पाको थवाङमा पहिरोले घर पुरिँदा बेपत्ता १० मध्ये एकको शव फेला, मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

रोल्पा, २८ साउन । रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएराति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० जनामध्ये एक जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको हो। योसँगै उक्त पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको प्रहरीले जनाएको छ।

पहिरोमा परी अझै बेपत्ता हुनेहरूमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहनुभएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थल पुगेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको टोलीले बेपत्ता भएका अन्य नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिएको स्थानीय प्रशासनले जनाएको छ।