एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौँ, २६ असाेज । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
हिजो शनिबारको लागि बोलाइएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियाे । साेही बैठक आइतबार बिहान ११ बजेका बस्ने भएको हो ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।