एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने, राष्ट्रिय महाधिवेशनबारे पनि छलफल हुने

काठमाडौँ, २८ असोज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको गौतमले जानकारी दिए।

प्रमुख गौतमका अनुसार, यस बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबारे पनि छलफल हुनेछ।
एमालेको यही असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको थियो।