सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, २० कात्तिक । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मुल्य रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ ।

बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिदबिक्री भएको थियो ।

बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।