आइतबारदेखि चौथो अन्तर क्लब स्क्वास अन्तर्राष्ट्रिय टिम च्याम्पियनसिप २०२५

काठमाडौं, मङसिर १३ ।  नेपाल स्क्वास राकेट्स सङ्घको आयोजनामा अन्तरक्लब स्क्वास  अन्तर्राष्ट्रिय टिम च्याम्पियनसिप २०२५ चौथो संस्करण हुने भएको छ।

मङ्सिर १४ गते देखि १७ गतेसम्म हुने उक्त प्रतियोगितामा पाँचवटा देशका ४२ जना खेलाडीहरु सहभागी हुनेछन् । चार दिनसम्म चल्ने यसप्रतियोगितामा ब्रुनाईस्थित दुई, रोयल गोर्खा राइफल बाट तीन, रोयल सिग्नल्स युकेबाट तीन, भारतीय दूतावास नियोगस्थित  मिलिटरी अटाची बाट एक, पाकिस्तान बङ्गलादेश र नेपाल सम्मिलित एक मैत्री टिम एक, सिंगापुर पुलिसबाट रिटायर भएका सिंगापुर लाहुरे समूहबाट एक र नेपाल अवस्थित ब्रिटिस स्कुलबाट एक गरी  जम्मा दश वटा अन्तर्राष्ट्रिय टीम सहभागि हुनेछ ।

घरेलु टिमहरूमा नेपालका मास्टर्स खेलाडीको एक, नवोदित नेपालका जुनियर खेलाडीहरूको समूहबाट एक, राष्ट्रिय महिला खेलाडी रहेको एक तथा पशुपति रोड क्यारियर द्वारा प्रायोजित अघिल्लो संस्करणका विजयी खेलाडीहरू रहेको एक गरि चार घरेलु टिम सहित १४ टिमको सहभागिता रहनेछ ।

यस प्रतियोगितामा, प्रत्येक टिमका ३/३ जना खेलाडीहरू बीचमा तिनवटा खेल खेलाइ तीनमध्ये दुई खेल जित्ने टिमलाई विजयी घोषणा गरि ३ अंक प्रदान गरिनेछ। सात वटा टिम सम्मिलित दुईवटा समुह बनाई राउन्ड रबिन प्रक्रियाबाट पहिलो चरणको खेल खेलाइनेछ।

उक्त दुई समूहका बिजेता र उपबिजेता तथा उपबिजेता र बिजेतका बिच दोस्रो चरणको नकआउट बाट सेमिफाइनल र चौथो दिन, १७ मङ्सिरको साँझ ५ बजे फाइनल खेल खेलाइनेछ।

सम्पूर्ण प्रतियोगिता हरू सातदोबाटो स्थित सङ्घको स्क्वास कोर्टमा खेलाइने यस खेलको समुद्घाटन राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य श्सुवर्ण श्रेष्ठद्वारा गरिने छ । समापन समारोहका प्युवा तथा खेलकुद मंत्री सम्माननिय बब्लु गुप्ताले गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *