टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला टिम घोषित

काठमाडौँ, २० पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । सो टिममा इन्दु बर्माको नेतृत्व कायम छ । उपकप्तानको जिम्मेवारी पुजा महतोलाई दिइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को यो प्रतियोगिता नेपालमै माघ २२ देखि फागुन ९ गतेसम्म हुँदैछ । नेपालले टि२० विश्वकप क्वालिफायर घरमै खेल्नेछ । नेपाल समूह बीमा बङगलादेश, नामिबिया, नेदरल्यान्ड्स र पपुआ न्युगिनीसँग रहेको छ ।