साफ महिला फुटसलमा नेपाललाई श्रीलङ्काले बराबरीमा रोक्यो
काठमाडौँ, पुस २९ गते । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपाल मङगलबार श्रीलङ्कासँग २–२ ले बराबरीमा रोकिएको छ ।
थाइल्याण्डको बैंककस्थित नन्थाबरी रङगशालामा भएको खेलमा श्रीलङ्काले खेलको पहिलो मिनेटमै धर्मिका सिवानेस्वरनको गोलबाट अग्रता बनाएको थियो । पूर्वार्धमै मनिषा थापा मगर र विमला चौधरीले गोल गरेपछि नेपाल मध्यान्तरमा अग्रतासहित गएको थियो । तर उत्तरार्धमा श्रीलङ्काले थरिन्दी वेलविटाको गोलबाट स्कोर २–२ को स्थितिमा ल्यायो ।
यसअघि भुटान र पाकिस्तानले पनि १–१ ले बराबरीमा खेलेका थिए । भारतले भने माल्दिभ्सलाई ११– १ ले हराएर शानदार सुरुआत गर्यो । नेपालको महिला टिमले आप्mनो दोस्रो खेलमा बिहिबार माल्दिभ्सको सामना गर्नेछ ।