प्रधानमन्त्रीसँग राखेपको छलफल
काठमाडौं, २६ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले सन्चालन गरेको मिसन– २०२६ लाई निरन्तरता दिन निर्देशन दिनुभएको छ । मिसन– २०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसँग आवश्यक समन्वय गर्ने पनि बताउनुभयो । उहाँले राम्रो तयारी गरि उदेश्य पूरा गर्न र फागुन २१ को निर्वाचन लगत्तै विशेष प्रशिक्षण जारी राख्न पनि भन्नुभयो ।
जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक ल्याउने उदेश्यका साथ राखेपले दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिदै आएको छ । चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिना सम्म कार्यक्रम सन्चालन हुने भए पछि बाँकी रकम व्यवस्थापनका लागि परिषदले अनुरोध गरेको हो ।
एसियाली खेलकुदको तयारी लगायतका विषयमा प्रधानमन्त्रीलाई सदस्यसचिव मेहताले जानकारी दिनु भयो । सो अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट र उपनिर्देशक दिपक श्रेष्ठको पनि सहभागिता रहेको थियो ।