धादिङ बस दुर्घटना : ज्यान गुमाउने १९ जनाकै सनाखत, तीन विदेशीको मृत्यु, २५ जनाको काठमाडौँमा उपचार (नामावलीसहित)

काठमाडौँ, १२ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १९ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेमा १६ नेपाली र ३ विदेशी नागरिक रहेका छन् ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान साढे १ बजे सडकबाट अनियन्त्रित भई त्रिशूली नदी किनारमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार मृतकहरूको विस्तृत विवरण यसप्रकार छ:
१. रुद्रप्रसाद ढकाल (६३ वर्ष): तनहुँ
२. अर्चना पौडेल (२० वर्ष): तनहुँ
३. विष्णुमाया ढकाल (५५ वर्ष): तनहुँ
४. ओमकुमार मल्ल (४० वर्ष): तनहुँ
५. हरिप्रसाद सिग्देल (४५ वर्ष): तनहुँ
६. अञ्जली क्षेत्री (२१ वर्ष): कास्की
७. रोहित नेपाली (२१ वर्ष): कास्की
८. सुजित नेपाली (२६ वर्ष): कास्की
९. विवेक बास्तोला (४० वर्ष): पोखरा, कास्की
१०. घनश्याम सुवेदी (४५ वर्ष): स्याङ्जा
११. चन्द्रबहादुर कुँवर (६३ वर्ष): स्याङ्जा
१२. अनिशा महर्जन (३३ वर्ष): काठमाडौँ
१३. लोप्साङ गोले (४२ वर्ष): काठमाडौँ
१४. हिरा चौधरी (२७ वर्ष): मोरङ
१५. नविन्द्र श्रेष्ठ (५५ वर्ष): पाल्पा
१६. इन्जिनियर ठकुरी (३० वर्ष): धादिङ
१७. मनिष शुक्ला (३२ वर्ष): भारत
१८. झाड्ड चुनचन (४० वर्ष): चीन
१९. स्टिवर्ट डोमिनिक इथन (२४ वर्ष): बेलायतका रहेका छन् ।

दुर्घटनामा घाइते भएका २५ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार: राष्ट्रिय ट्रमा सेन्टर: १४ जना, नेसनल मेडिकल कलेज, कलङ्की: १० जना र
त्रिवि शिक्षण अस्पताल (टिचिङ): न्युजिल्याण्डकी नागरिक मेरी इभाडेको उपचार भइरहेको छ ।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । तीव्र गति र रातको समयमा चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।