विदेशी मुद्राको विनिमय दर यस्ताे छ, कतिमा काराेबार भयाे आज?

काठमाडौँ, १६ वैशाख । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउमा सामान्य वृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा कायम भएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा तोकिएको छ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा रहेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका मुलुकका मुद्राहरूको विनिमय दर यसप्रकार छ:
कतार रियाल: खरिददर ४१ रुपैयाँ ४१ पैसा, बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा।
साउदी रियाल: खरिददर ४० रुपैयाँ २५ पैसा, बिक्रीदर ४० रुपैयाँ ४१ पैसा।
यूएई दिराम: खरिददर ४१ रुपैयाँ १० पैसा, बिक्रीदर ४१ रुपैयाँ २६ पैसा।
मलेसियन रिङ्गेट: खरिददर ३८ रुपैयाँ २० पैसा, बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा।
कुवेती दिनार: खरिददर ४९२ रुपैयाँ ७२ पैसा, बिक्रीदर ४९४ रुपैयाँ ६८ पैसा।
बहराइन दिनार: खरिददर ४०० रुपैयाँ १९ पैसा, बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा।

आज अष्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा कायम भएको छ। क्यानेडियन डलर १ को खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा तोकिएको छ भने चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ०८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा रहेको छ।

दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। भारतीय रुपैयाँसँग
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।